ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध अभियोग...
मंसिर ९, २०८१ आइतबार
उदयपुर – गएकाे भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आज मङ्गलवार भेटिएको छ । उहाँको शव ३८ दिनपछि फेला परेको हो ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गएकाे भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उहाँको कङ्काल बेलका नगरपालिका–८ सेती खोलामा रहेकाे माछापुच्छ्रे सामुदायिक वनमा रुखमा झुन्डिएकाे अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।
डीएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गएकाे वैशाखमा सम्पन्न पालिका चुनावमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।