बाँकेको पश्चिम राप्तीमा जल सतहले खतराको तह पार गर्‍याे

 असोज १९, २०७९ बुधबार १२:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाँकेकाे पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ ।

राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूलाई आज बुधवार बेलुकासम्म नै उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरिएको छ ।

देशका धेरै ठाउँमा पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । आजदेखि तीन दिन कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया