मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित ठाउँमा बस्न आग्रह

 असोज २०, २०७९ बिहीबार १६:३३:३४ | रासस
unn.prixa.net

मनाङ – मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।

हिमपात भएपछि स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधवार रातिदेखि हिमपात भएको बताउनुभयो । ‘बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ’, उहाँले भन्नुभयो । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो बढेको उहाँले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताउनुभयो । मनाङ गाउँमा मात्रै ६० जनाको हाराहारीमा बाह्य पर्यटक रहेको उहाँले जानकारी दिनुभयो ।

थोराङ्ला पास (५४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेस क्याम्प), हाइ क्याम्पलगायतका ठाउँमा डेढ सय जना पर्यटक रहेको अनुमान गरिएको छ । तिलिचो ताल (४९१९ मि) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेस क्याम्पलगायतका ठाउँमा पनि पर्यटक रहेका छन् । ‘हिमपात र वर्षाका कारण पहिरोको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोवास गरिएको छ त्यही ठाउँमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको छ’, प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भन्नुभयो ।

नार्पाभूमि गाउँपालिकाको मेता (३५६० मि) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ । 

अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढी पहिरोले सडकमा क्षति पुर्‍याएको छ । सडकमा पहिरो खसेपछि बुधवारदेखि नै गाडी चल्न सकेको छैन । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया