भोलि हुने उम्मेदवार मनोनयनको सबै तयारी पूरा : प्रमुख आयुक्त थपलिया

 असोज २२, २०७९ शनिबार १६:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिनुभएको हो । उहाँले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी पनि तयारी अवस्थामा रहेको बताउनुभयो।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि भोलि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । खराब मौसम र चाडपर्वको कारण उम्मेदवारी दर्ताको समय केहीदिन पर सार्न सुझाव र आग्रह आए पनि समयको ख्याल गरेर आयोगले मिति परिवर्तन गर्न नसकेको थपलियाले बताउनुभयो।

उहाँले समावेशी र समानुपातिकतालाई ख्याल आग्रह गर्दै आयोगले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नेतर्फ पनि सचेत गराउनुभएको छ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया