लमजुङकाे मेमे घुम्न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो

 असोज २२, २०७९ शनिबार १६:५०:४७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

लमजुङ - ४ हजार ८ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दशैँ मनाउनका लागि ऐतिहासिक एवम् पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी बेसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मीला तामाङको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमालका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले त्याे ठाउँ नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाही लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको त्यही क्षेत्रमा लेक लागेर ज्यान गएकाे थियाे । 

शर्मीलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ । तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोमा रहेकाे भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ। 

बेसीसहरबाट याे पोखरी पुग्न तीन दिन लाग्छ । उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए । फर्किने क्रममा शर्मीला र उहाँका श्रीमान् बुद्धको ज्यान गएकाे हाे।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया