दश बुँदेको मर्मअनुसार अघि बढ्न खोज्दा मेरो कत्लेआम गरियो : घनश्याम भुसाल

 असोज २२, २०७९ शनिबार १९:८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमाले छाड्ने घोषणा गरेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दश बुँदे सहमति अनुसार अघि बढ्न खोज्दा आफ्नो कत्लेआम भएको दाबी गर्नुभएको छ।

रूपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले पार्टीभित्र १० बुँदे सहमतिको कुरा उठाउने र त्यसकै मर्मअनुसार अघि बढ्नुपर्छ भन्नेहरुलाई ओलीले सिध्याउने कोसिस गरेको र दश बुँदे सहमति गर्ने तर ओलीले जे भन्यो त्यै मान्नेहरुलाई भने टिकट दिइएको बताउनुभएको हो । 

‘१० बुँदे भनेको १० भाइ मात्रै होइन । यो एउटा मर्म हो । यस मर्मअनुसार काम गर्ने अरू साथीहरू पनि योग्य थिए । पढेलेखेका थिए । यसको मर्मअनुसार काम गर्नेको कत्लेआम भयो’ भुसालले भन्नुभयो । 
एमाले पार्टी अध्यक्ष ओलीबाट अपहरित भएकाले पनि आफूहरुले विद्रोह गरेको भुसालको भनाइ छ।

‘विचारको कुरा गर्दा सधैँ अपमानित हुनुपर्याे । आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ पाइनँ । मूल्य हराउँदै गएको राजनीतिमा मेरो आलोचना गर्नु स्वाभाविक हो । एमाले त ओलीद्वारा अपहरित पार्टी भयो’ भुसालले भन्नुभयो ।

आउँदो चुनावको लागि जिल्ला कमिटीले भुसालको नाम पठाए पनि अध्यक्ष ओलीले उहाँलाई टिकट नदिएपछि बिहान भुसालले पार्टी त्यागेको समेत घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया