तनहुँ–१ बाट रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १६:२९:५० | रासस
unn.prixa.net

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य पदका लागि तनहुँ–१ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा अहिलेसम्म रहेको उहाँको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व आवश्यक छ । त्यही माग अनुरूप नै मेरो उम्मेदवारी हो, उहाँले भन्नुभयो ।

देशको समग्र विकास र स्थिर सरकारका लागि यस चुनावले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेका कामका विषयमा जनतासमक्ष पुर्‍याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

पौडेलले लामो समयदेखि जिल्लामा गतिविधिमा सहभागी भएको कार्यक्रममा उम्मेदवार बन्ने दाबी गर्दै आउनुभएको थियो । समयसमयमा जिल्लाका विभिन्न ठाउँकाे भ्रमण गर्ने क्रममा वरिष्ठ नेता पौडेलले यसअघि नै उम्मेदवार बन्ने घोषणासहित सहयोगका लागि मतदातासमक्ष अनुरोध गर्दै आउनुभएको थियो । कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएकाे छ । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया