चित्रबहादुर केसीद्वारा उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १७:५१:१४ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बाग्लुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अध्यक्ष केसीले बाग्लुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज आइतवार दिउँसाे उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिवार नै बाग्लुङ आइपुग्नुभएको थियो ।

सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक हुनुहुन्छ । उहाँले पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट निवर्तमान सांसद डा. सूर्य पाठकले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया