विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपालमा सम्मानित
मंसिर ७, २०८१ शुक्रबार
चिटिक्क मिलेको ढाकाटोपी, दौरा सुरुवाल र स्टकोट लगाएका मोतीमानको अनुहार मोतीजस्तै चहकिलो छ । अनि नाकमा बुलाकी, कानमा ढुङ्ग्री र रिङ, गलामा नौगेडी, शीरमा पछ्यौरा, चौबन्दी चोलो र धोतीमा सजिएकी आइतरानी पनि उबेलाका रानी महारानीभन्दा कमको देखिनुहुन्न ।
दुबई उडेको छोरोलाई बिदाई गर्न चार महिनाअघि पहिलोपटक मोरङबाट काठमाडौं आएका
यी दम्पतीलाई अझै शहर हेर्ने धोको पुगेको छैन । छोरी ज्वाईंसँग कीर्तिपुर बस्दै आएका बुढाबुढी दिउँसो बजार डुल्छन् । शहर घुमघाम गर्छन् । र साँझ परेपछि एयरपोर्टका बत्तीको झिलिमिलि हेर्छन् ।
नयाँबजारको डिलबाट पूर्वतिर हेर्दा अलिअलि एयरपोर्ट देखिन्छ । ‘उ त्यहीँबाट उडेको त हो नि हाम्रो छोरो’ आइतरानीले एयरपोर्टतिर औंला तेर्साउनुभयो ।
‘खै केही त देखिँदैन, कताबाट कताबाट’ आँखामाथि एउटा हात राखेर मोतीमानले निकैबेर नियाल्नुभयो । हेर्दाहेर्दै एउटा जहाज उडेको देखियो ।
‘यस्तै थियो छोरो उडेको जहाज’ मोतीमानले भन्नुभयो ।
‘हैन यति सानो छ, यो त हामी चाहिँ चढेको जहाज जस्तो छ, छोरो उडेको त बडेमानको थियो’ आइतरानीले यति भन्दा जहाज पश्चिमतिर ओझेल परिसकेको थियो ।
मोरङको केराबारी घर भएका आइतरानी र मोतीमानका तीन छोरी र एक छोरा छन् । छोरा १५ वर्षदेखि दुबईमा गाडी चलाउने काम गर्छन् । छोरीहरु आ–आफ्नै घरमा छन् । केराबारीको घरमा बुहारी र नातिनातिना छन् ।
वैशाखताका बिदा मिलाएर घर आएका छोरा एक महिनाभन्दा धेरै बसेनन् । जेठ लागेपछि दुबई उड्ने बेला भयो । छोराले नै काठमाडौं जाउँ भनेपछि दुवैजना पहिलोपल्ट जहाज चढेर विराटनगरबाट काठमाडौं आए ।
‘जहाज चढेको नि पहिलोपटक, काठमाडौं आएको नि पहिलोपटक’ आइतरानीले हाँस्दै भन्नुभयो । पहिलोपटक जहाज चढ्दा दुवैलाई अलिअलि डर लाग्यो । ‘तर मज्जा हुँदो रहेछ, हामीले त झ्यालबाट हेर्दै आएको नि’ उत्साहित हुँदै मोतीमानले भन्नुभयो ।
सहरको रमझम त विराटनगरमा पनि देखेको हो । तर काठमाडौं चाहिँ उहाँहरुलाई नौलो लाग्यो । ‘उताका भन्दा पनि अग्ला घर, जताततै मन्दिर नै मन्दिर’ आइतरानीले नयाँबजारको डिलबाट तलतिर शहर हेर्दै भन्नुभयो ।
छोराको साथमा उहाँहरु चन्द्रागिरी, पशुपति र स्वयम्भू घुम्नुभयो । त्यसपछि छोरा दुबई उडे । छोरी ज्वाईंले केही महिना यतै बस्नु भनेपछि उहाँहरु अहिलेसम्म घर फर्कनुभएको छैन । अब दसैँ मनाउन उतै जाने सुरमा हुनुहुन्छ ।
एउटा छोरो, नपुग्दो केही थिएन । तर १५ वर्षअघि छोरोले विदेश जान्छु भनेपछि बुढाबुढीले हुँदैन भन्न सक्नुभएन । ‘छोराछोरीको मनमा जे हुन्छ, त्यही गर्न दिनुपर्छ नि, हामीले हुँदैन भन्यो भने त उसलाई नराम्रो होला’ मोतीमानले छोरो विदेश पठाउँदाको बाध्यता सुनाउँदै भन्नुभयो, ‘उसलाई उतै जान रहर लाग्यो, गयो ।’
तर एक मात्र छोरासँग सधैं साथमा बस्ने रहर पनि त छ नि । ‘अब दुई वर्षपछि कहिल्यै नफर्किनेगरी आउँछ छोरो’ आइतरानीले विश्वासका साथ भन्नुभयो, ‘छोरोसँगै बस्ने हो, उताजस्तो काम यता पनि पाउँछ नि ।’
सरकारले युवालाई कामको लागि विदेश जान नपर्नेगरी देशभित्रै रोजगारी दिने र विदेशबाट फर्किएकालाई पनि उसको योग्यता र सीप अनुसार काममा लगाउने घोषणा आइतरानीका दम्पतीले पनि सुन्नुभएको छ ।
‘नेपालमै काम पाए त राम्रो, किन विदेशमा जानु पर्यो र’ मोतीमानले भन्नुभयो, ‘छोरो फर्किएपछि अब यहीँ कामगर्छ ।’ कलकारखाना, उद्योगधन्दा खुल्ने क्रमसँगै विकास निर्माणका काम पनि सुरु हुने चरणमा रहेकाले छोरोले विदेशमा सिकेको सीपअनुसार यहाँ केही न केही काम पाउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।
आइतरानी दम्पतीले हेर्दाहेर्दै धेरै कुरा फेरियो । पहिले मोटरबाटोको त के कुरा, हिँड्ने बाटो पनि राम्रो थिएन । जुत्ता चप्पल लगाउन थालेको त केही वर्ष मात्रै भयो । ‘खाली खुट्टा कति हिँडियो, हिँडियो’ मोतीमानले उबेलाको कष्टकर जिन्दगी सम्झनुभयो, ‘बजारबाट घर पुग्दा पैतालाभरी ससना ढुंगा गडिएको हुन्थ्यो । जुत्ता चप्पल लगाउन थालेको त अस्तिताकादेखि न हो ।’
खुट्टाले जुत्ता चप्पल भेट्न निकै वर्ष लाग्यो । पैदल हिँड्ने ज्यानले गाडी चढ्न थालेको पनि धेरै भएको छैन । पाँच महिनाअघिसम्म जहाज चढ्ने कल्पना गर्नुभएको थिएन उहाँहरुले ।
‘घरमाथि आकाशमा जहाज देख्दा योभित्र पनि मान्छे होलान् र जस्तो लाग्थ्यो’ आइतरानीले हाँस्दै भन्नुभयो, ‘मान्छे हुन्छन् भन्ने त पछि थाहा भयो, तर चढ्न पाइएला जस्तो लागेको थिएन ।’ तर हेर्दाहेर्दै उहाँहरुले जहाज चढ्नुभयो । छोरालाई विदेश पठाउन पहिलोपटक काठमाडौं आउँदा बुढाबुढीले पहिलोपटक जहाज चढ्ने अवसर पाउनुभएको हो । काठमाडौंबाट फर्किंदा पनि जहाजको टिकट लिइसक्नुभएको छ ।
‘जहाज त चढियो, ढिलोचाँडो रेल पनि चढ्न पाइएला’ मोतीमानले विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले रेल र पानीजहाज चलाउने कुरा गरेको उहाँहरुलाई पनि राम्रोसँग थाहा छ । छिटै रेल आउला भन्नेमा धेरैलाई विश्वास नलागे पनि आइतरानी दम्पतीलाई भने केही वर्षमै रेल चढ्न पाइन्छ भन्ने ठूलो विश्वास छ ।
‘पहिले जुत्ताचप्पल लगाउन पाइन्छ भन्ने लागेको थिएन, लगाइयो । मोटर चढ्न पाईएला भन्ने लागेको थिएन, मोटर चढियो । जहाज त के चढ्न पाइन्छ र भन्ने लागेको थियो, जहाज पनि चढियो भने रेल चढ्न पाउनु पनि ठूलो कुरा हो जस्तो लाग्दैन’ मोतीमानले आफ्नै अनुभवमा आधारित आशा सुनाउनुभयो ।
श्रीमानको कुरा सुनिरहेकी आइतरानीले थप्नुभयो, ‘कसैले हुन्छ भनेर हुने, कसैले हुँदैन भनेर नहुने हो र ? त्यो त समयअनुसार आफैं हुँदो रहेछ नि । खै हाम्रो पालामा यस्तो झिलिमिली केही थिएन, अहिले जताततै झकिझकाउ छ । सिमेन्टीको घर छ, मोटर छ, सडक छ, जहाज छ, रेल पनि आउला नि त ।’
थुप्रै दुःखकष्ट र अनुभव झेलेका, धेरैतिर हण्डर र ठक्कर खाएका, देख्दादेख्दै विकासको क्रम बुझेका यी बुढाबुढीको मनमा एक रौं पनि नकारात्मक र निराशलाग्दा कुरा छैनन् ।
‘जिन्दगीमा आशा गर्नुपर्छ, समय आएपछि सबै कुरा हुन्छ’ मोतीमानले रेलकै कुरा जोड्नुभयो, ‘कसैले आउँछ भनेर रेल आउने, आउँदैन भनेर रेल नआउने होइन । आउने बेला भएपछि आफैं आउँछ, मर्नुअघि एकफेर रेल चढ्न पाइन्छ भन्ने धोको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
अमर नाथ आचार्य
Oct. 1, 2018, 3:18 p.m.सारै राम्रो आइतरानी र मोतिराम को जस्तेइ सोच राखौ अनि एस्ता समचार लेख्नेलाइ पनि सलाम
Bhuwan xettri
Oct. 1, 2018, 2:40 p.m.Ramro
भविन(काजी)कोयी राई
Oct. 1, 2018, 2:40 p.m.साँच्चै उ बेलाको कुरा र यो बेलाको कुरामा आकाश पातालको फरक छ। उ बेला सत्यको जित थियो र कसैले बाटामा सुन भेेेेटेमा यो कसको सुन हो भनेर भन्थे ।अब अहिले अर्काको कानका सुन चुुडालेेर हातमा पार्छन र बिना लाज मेरो अस्ली हो कि नक्कली हो यो सुन भनेर सोधछन् ।भर्ष्टचार मौलायको छ । तर पनि मोतिमान बा र आईतरानी आमाको सकारात्मक आशाा सही छ। सबै सधै सकरात्मक हुनु राम्रो हो ।
Chandra
Oct. 1, 2018, 2:15 p.m.मैले त 160 रुपिया तोला थाहा पाएको थिएँ /
Raju Khadka
Oct. 1, 2018, 10:08 a.m.बडो राम्रो, मैले फल्चा मार्फत सुनेको थिए, अरु भन्दा नि आबै ले लाएको सुन २०० रुप्पे तोला भन्दा साच्चै नेपालमा बिकास भन्दा बढी छिटो महँगी बढेको रहेछ भन्ने लाग्यो। आशा गरौ आबैको रेल चढने चाहना पुराहोश।