नेपालगञ्ज विमानस्थल : ‘सुरक्षाकर्मीले हातले छामेर र हेरेर सामान पठाउँछन्’

 असोज २६, २०७९ बुधबार १४:४५:२८ | रासस
unn.prixa.net

बाँके – नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० वटा उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा झन्डै २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेशिन भने अझै सञ्चालनमा आएको छैन । 

सामान जाँच गर्न एक्स–रे मेशिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताउनुभयो । उहाँले मेशिन खरिद गरेर आइसकेको भए पनि प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेशिन आए पनि प्राविधिक इन्जिनियर आइसकेका छन्, अब मेशिनका लागि आवश्यक सेड बनाउनुपर्ने छ । त्यो सेड निर्माण गरेपछि मेशिन जडान गरेर सुरु गर्छौँ ।’ उहाँका अनुसार अझै तिहारभन्दा अघि मेशिन सञ्चालनमा आउने सम्भावना छैन । 

मेशिन आएको तीन महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ । यात्रुका सानातिना सामान जाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एक वटा एक्स–रे मेशिन छ । कार्गो पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाको भरमा सामान जाँच गरिरहेको छ । विमानस्थलमा खटिएका प्रहरीका अनुसार आफूहरूले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेशिन अत्यावश्यक रहेको छ । 

कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लामा उडान हुने नेपालगञ्ज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ । सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म, फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन् । तर यति महत्त्वपूर्ण विमानस्थलमा कार्गोलाई जाँच गर्ने मेशिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरिएको छ । ल्याइएको मेशिन अहिले खुला आकाशमा राखिएको जनाइएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया