महिला क्रिकेट : एपीएफ १४ बलमै विजयी

 असोज २७, २०७९ बिहिबार १४:४७:७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले गण्डकी प्रदेशलाई नाै विकेटले पराजित गरेको छ । 

आज बिहीवार पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले दिएकाे २७ रनको झिनाे लक्ष्य एपीएफले एक सय ६ बल बाँकी छँदै भेटायाे । एपीएफको जितमा सीता राना मगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु बर्माले तीन बलमा दुई चौकासहित नाै रन जोडिन् । बलिङतर्फ गण्डकीकी श्रृष्टि जैशीले एक विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेकाे गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाएर २६ रन बनाएकाे थियाे । गण्डकीका कुनै पनि खेलाडीले दोहोराे अङ्कमा रन बनाउन सकेनन् । श्रृष्टि जैशीले सर्वाधिक पाँच रन जाेडिन् । बलिङतर्फ एपीएफकी इन्दु बर्माले तीन ओभरमा चार रन दिएर दुई विकेट लिइन् । यस्तै सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता राना मगरले एक/एक विकेट लिए । 

जितसँगै एपीएफ समूह 'ए' को शीर्ष स्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित जित्दै चार अङ्क जोडेको छ । प्रतियोगितामा अहिले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल चलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया