सरकार आफैँले नयाँ जुत्ता उद्योग खोल्न हुँदैन : जुत्ता उत्पादक सङ्घ

 असोज २७, २०७९ बिहीबार १५:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फुटवयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले सरकार आफैँले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताउनुभएको छ । 

आज बिहीवार जुत्ता उत्पादक सङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष घिमिरेले सरकारले भएका साना तथा घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ नयाँ उद्योग खोल्न राम्रो नभएको बताउनुभयो । सरकारले आफैँ नयाँ उद्योग खोले भएका निजी जुत्ता–चप्पल उद्योग बन्द गरेर बस्नुपर्ने उहाँकाे भनाइ छ । 

सरकारले भएका उद्योगलाई नीतिगतरूपमा संरक्षण गर्ने भएकाले कुनै पनि देशमा सरकार आफैँले उद्योग र व्यवसायमा लाग्ने गरेको नदेखिएको घिमिरेले बताउनुभयो । उहाँले वर्तमान अवस्थामा निजी नेपाली जुत्ता–चप्पल उद्योगसँग वार्षिक १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताउनुभयो । सरकारको नीतिगत व्यवस्था र अन्य कारणले नेपाली निजी जुत्ता उद्योग अहिले ३५ प्रतिशतभन्दा बढी सञ्चालन हुन नसकेको उहाँकाे भनाइ छ ।  

अध्यक्ष घिमिरेले सरकारले भएका उद्योगको संरक्षण गर्नुपर्ने अवस्थामा आफैँ उद्योग व्यवसायमा लागे जुत्ता उत्पादक सङ्घ नेपालले विरोध गर्ने पनि बताउनुभयो । 

सङ्घले नेपालको दक्षिण सीमाबाट जुत्ता–चप्पल चोरीपैठारी र कम मूल्यमा आउने गरेका कारण नेपाली जुत्ता उद्योगी व्यवसायीलाई मार परेको जानकारी दिएको छ । जुत्ता–चप्पलकाे चोरीपैठारी रोकी ३० अर्ब रुपैयाँभन्दा बढी स्वदेशी लगानीमा सञ्चालित १५ सय उद्योग बचाउन सङ्घले सरकारसँग माग गरेको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया