ह्यान्डबल : गण्डकीका दुवै टोली सेमिफाइनलमा

 असोज २७, २०७९ बिहिबार १९:३७:१० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्यान्डबलतर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशका महिला तथा पुरुष दुवै टोली अन्तिम चारमा प्रवेश गरेका छन् । 

आज बिहीवार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकीबीचको खेल बराबरीमा सकिए पनि गोल अन्तरका अधारमा गण्डकी र आर्मी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा रङ्गशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा आर्मी र गण्डकीले २७–२७ गोलको बराबरी खेल्दै अङ्क बाँडेका थिए । गोल अन्तरका आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । 

महिलातर्फको प्रतिस्पर्धामा गण्डकी र प्रदेश १ सेमिफाइनल प्रवेश गरेका छन् । गण्डकीले लुम्बिनीलाई ३५–९ र प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ ले हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया