मधेस प्रदेशमा पनि मन्त्री हटाउने तयारी

 असोज २८, २०७९ शुक्रबार ६:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार जना मन्त्रीलाई बर्खास्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउने तयारी गर्नुभएको छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले चुनावमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार मन्त्रीलाई हिजो हटाउनुभएको थियो । त्यसको जवाफमा मधेस सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाउन लागिएको हो ।

मुख्यमन्त्री राउतले ती दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन भन्नुभएको छ । राजीनामा नदिए उनीहरूलाई हटाउने उहाँको तयारी छ । मधेस सरकारको नेतृत्व जसपाले गर्दै आएको छ ।

सङ्घमा प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीलाई हटाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई प्रदेश सरकारबाट पनि ती दलका मन्त्री हटाउन निर्देशन दिनुभएको बुझिएको छ। 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया