मधेस प्रदेशमा कांग्रेसका ३ मन्त्री बर्खास्त

 असोज २८, २०७९ शुक्रबार १४:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मधेस प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुभएको मधेस प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । 

तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्नुभएको हो । 

मुख्यमन्त्री राउतले सत्ता गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि आज कांग्रेसबाट सहभागी मन्त्रीलाई मात्रै बर्खास्त गर्नुभएको हो । रिक्त तीन वटै मन्त्रालय मुख्यमन्त्री राउतले नै सम्हाल्नु हुने पनि प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया