च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको छ ।
आज शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहनुभएका सह–महामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
घाेषणापत्रमा २०७४ को चुनावपछि नेकपा नेतृत्वको सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको शासनविरुद्धमा र २०७२ सालमा जारी संविधानको रक्षा गर्ने पहिलो प्रतिबद्धता उल्लेख भएको उहाँको भनाइ छ ।
बैठकमा सभापति शेरबहादुर देउवासहितका नेताहरूले सुझाव दिएका र ती सुझावलाई समेटेर एक हप्ताभित्र घोषणापत्र तयार गर्ने पत्रकार सम्मेलनमा परियारले बताउनुभयो । घोषणापत्र बनाउनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा ४१ सदस्यीय समिति बनेको छ ।
यस्तै अर्थविद् स्वर्णिम वाग्लेको संयोजकत्वमा डा. गोविन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेललगायत ६ सदस्यीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको छ । घोषणपत्रमा आर्थिक सुशासनलाई जोड दिएर युवा रोजगारी र उद्यमशिलतालाई प्राथमिकतामा राखिएको समितिका प्रवक्ता परियारले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।