पाँच वटा प्रदेशबाट मनसुन बाहिरियो

 असोज २९, २०७९ शनिबार ११:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका पाँचवटा प्रदेशबाट यस वर्षकाे मनसुन पूर्णरुपमा बाहिरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो ।

औसतमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा १३ दिन ढिला गरी बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको केही भागमा भने अझै केही दिन ढिला हुने देखिन्छ । ती ठाउँमा मनसुन सक्रिय रहे पनि ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया