महिला एक सय मिटर दौडमा सरस्वतीको राष्ट्रिय कीर्तिमान

 असोज २९, २०७९ शनिबार १४:१४:१८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । 

कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी छिन् । ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार बिहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् ।

हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२ दशमलव १५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाइन् । आफ्नै कीर्तिमान कायम राख्न नसकेकी निशाले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२ दशमलव ९३ सेकेण्ड समयमा निर्धारित दुरी पार गरेर कास्य जितिन् ।

सरस्वतीले आठौँ राष्ट्रिय खेलकुदमा १२ दशमलव १९ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण जितेकी थिइन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया