सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने

 असोज २९, २०७९ शनिबार १७:५७:४७ | उज्यालो सहकर्मी

काठमाण्डाै – सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने भएको छ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका हुन् ।

कात्तिक पहिलो हप्तादेखि सुरु हुने भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । भेलालाई सफल बनाउन सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षलेहरुले सहजीकरण गर्नेछन् । पहिलो भेला नेकपा एकीकृत समाजवादीको समन्वयमा ४ गते गण्डकी प्रदेशको पोखरामा र ४ गते नै नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा हुनेछ ।

कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ । अन्तिम भेला ७ गते माओवादीको समन्वयमा काठमाण्डौमा हुनेछ । 
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया