कर्णाली राजमार्ग अवरुद्ध भएपछि कक्षा १२ काे परीक्षा जुम्लामै

 असोज ३१, २०७९ सोमबार ८:३८:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

जुम्ला - लगातारकाे वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि कक्षा १२ काे परीक्षा जुम्लामै हुनेभएकाे छ । जुम्ला घर भइ विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थी जाँच दिन जान नसकेपछि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो । 

गएकाे असोज १९ गतेदेखिको वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र हवाई उडानमार्फत जान सम्भव नभएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामै परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयले स्वीकृति दिएको हाे ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विद्यार्थीको भविष्य अन्योलमा नपराेस् भनेर परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डलाई जिल्लामै केन्द्र निर्धारण गरिदिन आग्रह गरिएकाे जानकारी दिनुभयाे । आग्रह अनुरुप परीक्षा नियन्त्रण कार्यालयले जुम्लामै परीक्षा गर्न स्वीकृति दिएको हाे । उहाँका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ती विद्याथीको परीक्षा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीले परीक्षा सञ्चालनका लागि अनुमति पत्रसमेत पठाइसकेकाे  जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया