युक्रेनकाे राजधानी किभमा तीन वटा हवाई आक्रमण

 असोज ३१, २०७९ सोमबार १२:२:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको राजधानी किभमा रुसले पुन: आक्रमण गरेको छ । आज बिहानै किभमा तीन वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मेयर भिटाली क्लिट्स्कोले आवासीय भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कामिकाजे ड्रोनबाट भएको दाबी गर्नुभएको छ । किभमा अघिल्लो हप्ता भएको आक्रमणमा परि १९ जनाको ज्यान गएको थियो ।

सरकारले स्थानीयलाई सुरक्षित ठाउँमा बस्न र खतराका साइरनको बेवास्ता नगर्न सचेत गराएको छ । कामिकाजे ड्रोन इरानमा बनेको हो । युक्रेनले इरानबाट रुसमा ड्रोन निर्यात गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ ।

युक्रेनले आफूहरुलाई थप हवाई आक्रमण रक्षा प्रणाली सहयोग गर्न पनि अमेरिका र युरोपेली देशलाई आग्रह गरेको छ । इरानले भने रुसलाई ड्रोन आपूर्ति गरेको अस्वीकार गर्दै आएको छ। 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया