उपचुनावका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
काठमाण्डाै - निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना सार्वजनिक गरेको छ । आयोगले विभिन्न जिल्लाका मतपत्र क्रमैसँग छापिरहेको छ । छपाइ भइसकेका केही जिल्लाका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।
यसपटकको चुनावमा उम्मेदवार नभएका ठाउँमा उनीहरुको चुनाव चिह्न पनि राखिएको छैन । उदाहरणको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नै नभएकाले मतपत्रमा रुख चिह्न राखिएको छैन ।
गठबन्धनका दलले देशैभरि तालमेल गरेकाले मतपत्रमा कतै रुख, कतै हँसिया हथौडा, कतै कलम र कतै गिलास चिह्न राखिएको छैन । यस्तै, एमालेले पनि केही क्षेत्रमा विभिन्न दलसँग तालमेल गरेकाले केही मतपत्रमा सूर्य चिह्न राखिएको छैन ।
आयोगले सबै क्षेत्रको लागि छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।