बझाङमा जीप दुर्घटना : ७ जनाको ज्यान गयो, घाइते धेरैको अवस्था चिन्ताजनक

 कात्तिक २, २०७९ बुधबार २०:१६:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा आज बुधवार दिउँसाे भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ । आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकाको केन्द्रका लागि छुटेको जीप दुर्घटनामा अरू १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा मष्टा गाउँपालिका वडा नम्बर २ की १३ वर्षकी सम्झना खड्का, २५ वर्षका रोशन खड्का, ११ वर्षका प्रचण्ड खड्का, २८ वर्षकी वसन्ती धामी, ३८ वर्षका वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिका कठायत र मष्टा गाउँपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेक्युरिटी पदमा कार्यरत झरेन्द्र बोहराको पहिचान खुलेको छ । एक जनाको पहिचान खुल्न बाँकी छ ।

जीप सडकबाट धेरै तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया