इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो : चेल्सी र ब्रेन्टफोर्डले बराबरी खेले

 कात्तिक ३, २०७९ बिहिबार ६:२९:५७ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हराएको छ ।

राति भएको खेलमा युनाइटेडले टोटनहमलाई २–० गोलले हरायो । पहिलो हाफ बराबरी खेलेको टोटनहमले दोस्रो हाफमा दुई गोल खायो ।

युनाइटेडका फ्रेडले खेलको ४७ औँ मिनेटमा र ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा एक/एक गोल गरे ।

जितसँगै युनाइटेड १० खेलमा १९ अंक जोडेर अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । टोटनहमको ११ खेलमा २३ अंक छ । टोटनहम तेस्रो स्थानमा छ ।

१० खेलमा २७ अंकका साथ आर्सनल शीर्ष र २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले वेस्ट ह्याम, न्यूक्यासलले एर्भटन र साउथह्याम्पटनले बर्नमाउथलाई समान १–० गोलले हराएका छन् ।

त्यस्तै चेल्सी र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया