रुस–युक्रेन युद्धका कारण तनावग्रस्त खेअर्सन सहर छाड्दै रुसी नागरिक

 कात्तिक ३, २०७९ बिहीबार ९:३०:४० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुस–युक्रेन युद्धका कारण तनावग्रस्त खेअर्सन सहरबाट रुसी नागरिक बाहिरीन थालेका छन् ।

युक्रेनको दक्षिणी खेअर्सन क्षेत्रबाट हजारौँ नागरिक र रुसले नियुक्त गरेका अधिकारीलाई त्यहाँबाट अन्तै सारिएको छ ।

रुसी टेलिभिजनले मानिसहरूले सहर छोड्दै गरेको भिडियो र तस्बिर देखाएका छन् ।

रुसले नियुक्त गरेका अधिकारी भ्लादिमिर साल्डोका अनुसार त्यस क्षेत्रमा रुसले नियुक्त गरेका विभाग र मन्त्रालयलाई नीपर नदीपारि लगिनेछ ।

त्यहाँबाट लगभग ५० देखि ६० हजार नागरिकहरूलाई क्रमिक रुपमा  विस्थापन गरिने साल्डोलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

युक्रेनले खेअर्सनका बासिन्दालाई रुसको कदमको बेवास्ता गर्न आह्वान गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले गाभेको भनेर दाबी गरेका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेको घोषणा गर्नुभएको छ ।

रुसले सन् २०१४ मै गाभेको युक्रेनको क्राइमियालगायत केही भागमा नयाँ प्रतिबन्ध लागू भैसकेका छन् ।
 

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया