इन्डाेनेसियामा ९९ जना बालबालिकाकाे ज्यान गएपछि सबै सिरप औषधिमा प्रतिबन्ध

 कात्तिक ३, २०७९ बिहीबार १६:३२:३९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इन्डोनेसियामा ९९ जना बालबालिकाको ज्यान गएपछि सरकारले देशैभर सबै सिरप र झोल औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

सिरप औषधि सेवन गरेका ९९ जना बालबालिकाको मिर्गाैलामा समस्या देखिएर ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा धेरै जना पाँच वर्षमुनिका रहेका छन् । थप जानकारी सङ्कलनको काम भइरहेकाले ज्यान गुमाउनेकाे सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान छ ।

इन्डोनेसियाको सरकारले घटनाको अनुसन्धान भइरहेको र सिरप र झोल औषधिको बिक्रीमा रोक लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ । औषधिले बालबालिकाको मिर्गाैलामा तीव्ररूपले असर गर्ने गरेको खबरमा उल्लेख छ । ती औषधि आयात गरिएको हो कि स्थानीय उत्पादन हो भन्ने स्पष्ट भइसकेकाे छैन ।

इन्डोनेसियाका स्वास्थ्य मन्त्रीले स्थानीयरूपमा प्रयोग हुने केही औषधिहरूमा यसअघि गाम्यिामा जस्तै रासायनिक तत्त्वहरू भेटिएको बताउनुभएको छ । बिरामी बालबालिकाका लागि प्रयोग हुने केही सिरपहरूमा एथिलिन ग्लाइकोल र डाइथिलिन ग्लाइकोल समावेश भएको प्रमाणित भएको थियो । यो केमिकल औषधिमा प्रयोग गर्नु हुँदैन ।

यस महिनाको सुरुमा गाम्बियामा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि खाँदा ७० जना बालबालिकाको ज्यान गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औषधिमा प्रतिबन्ध लगाएको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया