फुलहमसँग पराजित भएलगत्तै एस्टन भिल्लाका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त

 कात्तिक ४, २०७९ शुक्रबार ९:३८:५६ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ ।

प्रिमियर लिग फुटबलमा राति फुलहमसँग भएको खेलमा ३–० गोलले पराजित भएपछि एस्टनले जेरार्डलाई बर्खास्त गरेको हो ।

जेरार्ड ११ महिनामै बर्खास्तमा परे । जेरार्डको नेतृत्वमा एस्टनले ४० खेल खेल्दा १३ वटामा जित निकालेको थियो । लिभरपुलका पूर्व कप्तान जेरार्ड रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर एस्टन आएका थिए ।

राति भएको खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गरेको फुलहमले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको दोस्रो हाफको ६२ औँ मिनेटमा एस्टनभिल्ला १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै फुलहम ११ खेलमा १५ अंकसहित नवौं स्थानमा छ भने एस्टनभिल्ला प्रिमियर लिगको १७ औं स्थानमा छ । 
 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया