टी २० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अष्ट्रेलियालाई हरायो

 कात्तिक ५, २०७९ शनिबार १७:१०:६ | एजेन्सी
unn.prixa.net

टी–२० विश्वकप अन्तर्गत सुपर–१२ को पहिलो खेलमा आयोजक अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अस्ट्रेलियालाई दुई सय एक रनको लक्ष्य दिएको थियो ।

जवाफमा अष्ट्रेलिया १७ दशमलव १ ओभरमा अल आउट हुँदै एक सय ११ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि डेभोन कोनवे र फिन एलेन र जेम्स निशमले उत्कृष्ट ब्याटिङ गरे ।

कोनवेले ५८ बलमा अविजित ९२ रन बनाए । फिन एलेनले १६ बलमा ४२ र जेम्स निशामले १३ बलमा २६ रन बनाए ।

अष्ट्रेलियाका जोस हेजलउडले दुई र जाम्पाले एक विकेट लिए ।

जवाफमा अस्ट्रेलियाका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ग्लेन म्याक्सवेलले २८ र प्याट कमिन्सले २१ रन बनाए ।

न्युजिल्याण्डका टिम साउथी र मिचेल सान्टनरले समान ३ विकेट लिए । ट्रेन्ट बोल्टले दुई विकेट लिए । फर्गुसन र सोधीले एक–एक विकेट लिए ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया