टी २० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अफगानिस्तानलाई हरायो

 कात्तिक ५, २०७९ शनिबार २०:२२:९ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलियामा भइरहेको टी २० विश्वकप क्रिकेट प्रतियोगितामा आज भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले हराएको छ ।

अफगानिस्तानले पहिले ब्याटिङ गरेर दिएको १ सय १२ रनको लक्ष्य इंग्ल्याण्डले ११ बल बाँकी छँदै भेटायो ।

इंग्ल्याण्डका लागि उसका दायाँ हाते ब्याट्सम्यान लिभिङ स्टोनले सर्वाधिक २९ रन बनाए । त्यस्तै एडी हेल्सले १९, बटलरले १८, मलानले १८, मोइन अलीले ८, ब्रुकले ७ तथा स्टोक्सले २ रन बनाए । 

आज भएकाे अर्काे खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई हराएकाे छ । समूह ए काे खेलमा न्युजिल्यान्ड र इंग्ल्याण्डले विजयी सुरुवात गर्दै समान २/२ अंक जाेडेका छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया