नेपाल समाजवादी पार्टी (नेसपा)ले गर्यो घोषणापत्र सार्वजनिक

 कात्तिक ६, २०७९ आइतबार १८:६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेसपाले संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो ।

नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट देशको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ ।

राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने नेसपाको घोषणापत्रमा उल्लेख छ ।

भ्रष्टाचार अन्त्य गर्नका लागि जनलोकपालदेखि कर्मचारीतन्त्रको रुपान्तरणसम्मका योजना नेसपाले घोषणापत्रमा राखेको छ ।

भ्रष्टाचार अन्त्य गर्नका लागि सदाचार ऐनको व्यवस्था, जनलोकपाल गठन, संवैधानिक आयोग, विश्वविद्यालय तथा प्रतिष्ठानहरूको पदाधिकारीहरूको नियुक्तिमा दलीय भागबन्डाको अन्त्य, राष्ट्रिय योजना आयोगको पुनःसंचरना, नीति अनुसन्धान प्रतिष्ठानको सवलीकरण, निजामती सेवा प्रणालीको रूपान्तरण गरिने लगायतका विषय नेसपाको घोषणापत्रमा उल्लेख छ ।

नेसपाले देशको आर्थिक विकासका लागि 'समतामूलक समृद्धि'को अवधारणा अगाडि सारेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया