जोनसन प्रधानमन्त्रीको दौडबाट बाहिर, पूर्व अर्थमन्त्री सुनक र मन्त्री मोर्डन्टको दाबी

 कात्तिक ७, २०७९ सोमबार ९:१२:५४ | एजेन्सी
unn.prixa.net

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि पूर्वअर्थमन्त्री ऋषि सुनक र वर्तमान सरकारमै रहेकी मन्त्री पेन्नी मोर्डन्टले औपचारिक दाबी गर्नुभएको छ । 

पूर्व प्रधानमन्त्री बोरिस जोनसोनले प्रधानमन्त्रीको दाबी छाडेपछि सुनक र मोर्डन्टबीच प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ ।

मोर्डन्टले दुई दिनअघि नै औपचारिक अभियान सुरु गर्नुभएको छ भने सुनकले आज औपचारिक दाबी प्रस्तुत गर्नुभएको हो ।

यस अघि सुनक र जोनसोनबीच वार्ता भएको थियो । जोनसनले यो समय आफ्ना लागि उपयुक्त नभएको बताए पनि प्रधानमन्त्रीको दाबीका लागि एक सय सांसदको समर्थन आवश्यक पर्नेमा जोनसनको पक्षमा ५७ जना मात्रै खुलेकाले उहाँले दाबी छाड्नुभएको बीबीसीले जनाएको छ । 

कन्जरभेटिभ पार्टीको एक हजार ९ सय २२ समितिले नयाँ नेता चयन गर्ने गर्छ र नयाँ नेताका लागि उम्मेदवारी मनोनयन गर्न कम्तीमा एक सय सांसदको समर्थन चाहिन्छ ।

सुनकका पक्षमा हालसम्म एक सय ३६ सांसदले सार्वजनिक समर्थन गरिसकेका छन् । मोर्डन्टको पक्षमा अहिलेसम्म २३ सांसदले समर्थन व्यक्त गरेका छन् । तीन सय ५७ सांसद रहेको कन्जरभेटिभ पार्टीभित्र अझै धेरै सांसदहरु मौन रहेका छन् ।

सुनकले सार्वजनिक रुपमा वर्तमान समस्या समाधान गर्न र पार्टीलाई एकजुट बनाउन आफू नेताको उम्मेदवार हुने बताएपछि उहाँको पक्षमा थप सांसदहरुले समर्थन जनाउने आशा गरिएको बीबीसीले जनाएको छ । 

बेलायती प्रधानमन्त्री ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताका रूपमा प्रतिस्थापन गर्ने चुनाव अक्टोबर २८ मा हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया