पश्चिमा देशले रुसलाई एक्लो पार्न ब्ल्याकमेल गरेको राष्ट्रपति पुटिनकाे आरोप

 कात्तिक ११, २०७९ शुक्रबार १२:३२:२८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि अहिले विश्व 'सम्भवतः सबैभन्दा खतरनाक दशक'मा भएको बताउनुभएको छ।

'वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा  पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाउनु भयो ।

आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे कहिल्यै अगाडि बढेर केही नभनेको बताएका बीबीसीले जनाएको छ । उहाँले आफूहरुले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएको दाबी गर्नु भएको छ ।

पश्चिमा देशहरूले रुसविरुद्ध परमाणुयुद्धको त्रास देखाएर साझेदारहरूलाई टाढिन बाध्य पारेको पनि उहाँको आरोप छ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया