मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

 कात्तिक ११, २०७९ शुक्रबार १८:२०:४९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालाकाे क्रिकेट मैदानमा आज शुक्रवार भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले १८ रन बनाइन् । जितका लागि एक सय रनको लक्ष्य पछ्याएको एमसीसीले १९ ओभर ५ बलमा अलआउट हुँदै ८० रनमात्र बनाउन सक्याे । एमसीसीका लागि एलिसा हुबर्डले नटआउट २० रन बनाइन् ।

एमसीसीका लागि अन्तिम ओभरमा जितका लागि २० रन चाहिएकाे थियाे । अन्तिम ओभर बलिङ गरेकी रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौँ बलमा समेत विकेट लिएपछि एमसीसी नेपाली टोलीसँग पराजित भयाे । खेलमा 'प्लेयर अफ दी म्याच' घोषित नेपाली टोलीका कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल भ्रमणमा रहेको एमसीसीले पोखरामा दुई वटा टी–२० र दुई वटा एकदिवसीय खेल खेल्ने छ । भाेलि शनिवार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया