अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रक्षेपण

 कात्तिक १२, २०७९ शनिबार १०:३:५७ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाले छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले उत्तरकोरियाको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई बेवास्ता गर्दै उत्तरकोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको समाचारसंस्था एपीले जनाएको छ ।

हिजो पूर्वी तटीय टोङगचोन क्षेत्रबाट प्रक्षेपण गरिएका दुई वटा क्षेप्यास्त्र २४ किलोमिटर उचाइमा झण्डै २ सय ३० किलोमिटर उडेका जनाएको छ । दक्षिण कोरियाले विज्ञप्ति निकालेर प्रक्षेपणको कडा शब्दमा निन्दा गरेको छ ।

दक्षिण कोरियाले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसले कोरियाली प्रायद्वीपको क्षेत्रीय शान्तिमा आँच पुर्याएको तथा क्षेप्यास्त्र निर्माणसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको बताएको छ ।

जापानी रक्षा मन्त्रालयले प्रक्षेपण पत्ता लगाइएको तथा प्रयोग गरिएका क्षेप्यास्त्रका प्रकार र तिनीहरूको उडान क्षमताको विश्लेषण भइरहेको बताएको छ । आउँदो हप्ता दक्षिण कोरिया र अमेरिकी वायु सेनाले संयुक्त तालिम सञ्चालन गर्ने योजना बनाइरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया