देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो

 कात्तिक १३, २०७९ आइतबार ७:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो लागेको छ । पानी पर्ने क्रम रोकिएसँगै तुवाँलो लागेको मौसमविद्ले बताएका छन् ।

नेपालकै केही ठाउँमा खेतमा पराल जलाउने र भारतबाट पनि प्रदूषणसहितको हावा नेपाल आउने क्रममा रहेकाले तुवाँलो र वायु प्रदूषण केही दिनमा झनै बढ्ने सम्भावना छ ।

यस्तै, आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया