समानुपातिकतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक हुने

 कात्तिक १३, २०७९ आइतबार २०:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक–फरक हुने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ५९ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २८ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ५५ वटा चुनाव चिह्न भएको मतपत्र हुने छ । बाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने छ भने सुदूरपश्चिम प्रदेशमा ३४ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने छ ।

यस्तै प्रदेश नम्बर १ मा बन्दसूची बुझाउने दल भने ३६ मात्र रहेका छन् । त्यस्तै मधेशमा ३६, बाग्मतीमा ४०, गण्डकीमा ३१ र लुम्बिनीमा ३२ वटा दलले मात्र बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा चुनावमा सहभागिताका लागि निवेदन दिने दलको सङ्ख्या ४९ छ । त्यस्तै सुदूरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।

प्रदेश सभामा प्रदेश १ बाट ३७ जना, मधेशमा ४३ जना, बागमतीमा ४४ जना, गण्डकीमा २४ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १६ जना र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधि सभातर्फ भने देशभर ४७ वटा चुनाव चिह्न प्रयोग हुने आयोगले जनाएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया