नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि रोकियो

 कात्तिक १४, २०७९ सोमबार ९:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि रोकिएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि रोकिँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् ।

रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ।

नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार निगमले काठमाण्डौबाट अब हप्तामा १० वटा उडान मात्र दिल्ली भर्न पाउँछ ।  चार वटा उडान भैरहवाबाट गर्नुपर्छ । तर यो निर्णयकाे अटेरी गर्दै १४ वटै उडान काठमाण्डौबाट गर्न खोज्दा यात्रुले दु:ख पाएका छन् । 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया