चाउमिन बेचेरै मासिक साढे २ लाख रुपैयाँ कमाइ

 कात्तिक १४, २०७९ सोमबार १२:१८:५८ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक - सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका कृष्णबहादुर तामाङ एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउनुहुन्छ ।

बिहानभरि चाउमिन पुर्याएपछि उहाँको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार हुनुभएका उहाँले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिनुभयो। सानो पुँजीमा सुरु गरेको उहाँको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध हुनुहुन्छ। 

कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएका २६ वर्षीय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गर्नुभयो । त्यही उद्योगमा सिकेको सिपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उहाँको भनाइ छ । चाउमिन बेचेरै मासिक साढे २ लाख रुपैयाँ कमाइ हुने गरेकाे उहाँले बताउनुभयाे ।

'धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उहाँहरु मेरो योजनामा सहमत हुनुभयो', तामाङले भन्नुभयो 'अहिले विवेक नुडल्समा उत्पादन भएको चाउमिनले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ, यसले असाध्यै खुसी दिएको छ ।' कम्पनीबाट उत्पादन भएको चाउमिन इन्द्रावती गाउँपालिकाका १२ वटा वडा र मेलम्ची नगरपालिकासम्म पुग्ने उहाँको भनाइ छ । 

'हातमा सिप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिन्छ', तामाङले भन्नुभयो,'त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन।'

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया