माओवादीकाे घाेषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति, १६५ सिटको प्रतिनिधि सभा र ५५ सिटको राष्ट्रिय सभा

 कात्तिक १४, २०७९ सोमबार १६:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले मङ्सिर ४ गते हुने चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साेमवार आयोजित कार्यक्रममा सार्वजनिक भएकाे घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डालाई प्राथमिकता दिएको छ । सङ्घमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।

संसद् मुख्यरूपमा विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने माओवादीको प्रतिबद्धता छ । एक सय ६५ सिटको प्रतिनिधि सभा र ५५ सिटको राष्ट्रिय सभा भएको सङ्घीय संसद् र समग्रमा तीन सय ३० सिटको प्रदेश सभा हुने माओवादीको घोषणापत्रमा उल्लेख छ ।

आउँदो संसद् पनि विघटन हुँदैन भन्ने निश्चित नभइसकेको भन्दै माओवादीको प्रतिबद्धतापत्रमा राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा, कार्यान्वयन र सकारात्मक अभ्यासहित परिमार्जन गर्नुपर्ने उल्लेख छ । सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति माओवादी केन्द्र मात्रै भएको प्रतिबद्धतापत्रमा लेखिएको छ ।

नेकपा माओवादी केन्द्रले सहरका विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसबाहेक सहरमा रहेका निम्न–मध्यम र मध्यम वर्गका लागि भनेर सरकार र निजी क्षेत्रको लगानीमा सुपथ मूल्यमा अवास परियोजना सञ्चालन गर्ने माओवादी घोषणापत्रमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया