रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन चीनको आग्रह

 कात्तिक १६, २०७९ बुधबार ६:४४:५४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको हो ।

चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिनुभयो । रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएको छ । अवरोध हटाउँदै आपूर्ति सुनिश्चित गर्न रुस र युक्रेनले यसअघि गरेका सम्झौताको पालनामा गर्नुपर्नेमा पनि उहाँको जोड छ ।

चिनियाँ कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा इस्तानबुलमा गएको जुलाइमा भएको अन्न र मलको निर्यातसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमा भएको हस्ताक्षरको स्मरण समेत गराएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा व्यक्त गरेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया