तेल बोक्ने टयांकरमा गाँजा !

 असोज १६, २०७५ मंगलबार १८:४:२२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – तेल बोक्ने ट्यांकरबाट अवैध रुपमा भारत निकासी गर्न लागिएको ठूलो परिणामको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ९५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । गाँजा ओसारपसार भएको भन्ने सूचना प्राप्त गरेपछि लागुऔषध प्रहरी व्युरो काठमाडौंबाट आएको प्रहरीले मकवानपुरको मनहरीबाट गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिङले बताउनुभयो ।

चितवनबाट हेटौडा आउँदै गरेको ना ४ ख ३९६९ नम्बरको ट्यांकरलाई रोकेर चेकजाँच गर्दा ट्यांकरको तेल राख्ने १ नम्बर चेम्बरमा ७ पोका २ नम्बर चेम्बरमा १५ पोका गरी २ सय ९५ किलो लागुऔषध गाँजा फोला परेको प्रहरीले जनाएको छ ।

ट्याङकर र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्ज बस्ने ३८ वर्षका प्रहलादबहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • tanka bhattarai

    Oct. 3, 2018, 5:48 a.m.

    यी त प्रतिनिधि खबर मात्र हुन , यस्ता तस्करहरु सत्ता र पार्टीका आडमा बलिया भएर बसेका छन् । यस्ताको जरो पत्ता लगाउने सक्ने प्रहरी प्रसासन चाहियो सरकार अब ।

  •  0 Reply

तपाईको प्रतिक्रिया