अनामनगरमा मोटरसाइकलकाे ठक्करबाट एक जनाकाे ज्यान गयाे

 कात्तिक १८, २०७९ शुक्रबार ८:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको अनामनगरमा हिजो बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

हिजो बेलुका ६ बजेतिर प्रदेश-३ ०२ ००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी उहाँको उपचारका क्रममा काठमाण्डौ मोडल अस्पतलामा बेलुका पौने सात बजे ज्यान गएको हो ।

प्रहरीका अनुसार उहाँ परराष्ट्र मन्त्रालयका शाखा अधिकृत हुनुहुन्थ्याे । दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया