निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्यान्डकाे औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल 'वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)' कार्यक्रममा सहभागी हुन उहाँ यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्यान्डकाे भ्रमणमा जानु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको तयारीबारे आज शुक्रवार परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमन्डलकाे नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जानु हुनेछ । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले 'वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड' समेत ग्रहण गर्नु हुने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी कात्तिक २१ गते बेलुकी ६ बजे कतार एअरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्नु हुने र भ्रमण सम्पन्न गरी त्यही एअरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ बजेर ३० मिनेटमा स्वदेश फर्कनु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।