निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
डडेल्धुरा - प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधवार काठमाण्डौबाट धनगढी हुँदै बिहीवार यहाँ आइपुग्नु भएको हाे ।
देउवाले बिहीवार अस्ति अमरगढी र हिजाे शुक्रवार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुुसार देउवाले आज बिहान ११ बजेअजयमेरू गाउँपालिकाको भद्रपुरमा आयाेजित चुनावी सभामा सहभागी हुनुभएकाे छ । यस्तै दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नुहुनेछ ।
देउवाले भाेलि बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्ने साउदले जानकारी दिनुभयो । देउवा भाेलि नै काठमाण्डौ फर्कने र सात वटै प्रदेशमा हुने चुनावी सभामा पुग्ने कार्यक्रम छ ।
डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका लागि देउवा, कांग्रेस वीपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलकाे उम्मेदवारी रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।