नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री

 कात्तिक १९, २०७९ शनिबार २०:२४:५० | रासस
unn.prixa.net

काठमाण्डाै - श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धधनले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्द्धधनले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको बताउनुभयो ।

'राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाण बनाएको छ', उहाँले भन्नुभयो । सङ्कटको समयमा छिमेकी देशले गरेको सहयोग प्रसंशनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

'पछिल्लो समय श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार आएको छ', उहाँले भन्नुभयो, 'यहीँ सत्यतालाई नेपाल, भारत र श्रीलङ्काका पत्रकारले जिम्मेवारी पूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।' दक्षिण एसिया नेपाल, भारत, श्रीलङ्काका पत्रकारको समूहलाई श्रीलङ्काको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आउँदाे दिनमा थप पर्यटकलाई श्रीलङ्का भ्रमण गराउन आमन्त्रित गरिएको हो ।

टोलीमा सहभागी पत्रकार सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलङ्काली सरकार, टुरिजम प्रोमोसन ब्यूरो श्रीलङ्का र एसिया मिडिया कल्चर एशोसिएसनले गरेको हो । एएमसीएका अध्यक्ष उपुल जानका जय सिङ्गेले पर्यटन प्रवर्द्धन ब्यूरोकोतर्फबाट मिडिया परिचय टुरले श्रीलङ्काको मात्र नभइ एसियाली देशको नै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया