'नाे नट अगेन' अभियान चलाउनेलाई कारबाही नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

 कात्तिक २०, २०७९ आइतबार १८:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले 'नो नोट अगेन' अभियान चलाउने/संलग्न व्यक्तिलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अभियानमा संलग्न व्यक्तिलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न निर्वाचन आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएपछि त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले कात्तिक १५ गते सर्वोच अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमाथि आज आइतवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश गर्नु नपर्ने हो भन्ने विषयमा कारण पेस गर्न निर्वाचन आयोगको नाममा आदेश पनि जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिने भन्ने तय गर्न दुवै पक्षसँग छलफलका लागि आउँदो २४ गतेका लागि बोलाएको छ ।

पूर्वप्रधानमन्त्रीलगायत पटक–पटक सांसद भएका व्यक्तिलाई फेरि निर्वाचित नगर्न आह्वान गर्दै नो नोट अगेन अभियान सञ्चालन भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया