एमालेसँग गठबन्धन गरेकाे भन्दै जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलद्वारा राजीनामा

 कात्तिक २२, २०७९ मंगलबार १९:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट – जनता समाजवादी पार्टी (जसपा) नेपालका रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलले राजीनामा दिनुभएकाे छ । 

पटेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी आज मङ्गलवार राजीनामा दिनुभएकाे हाे । केही दिनदेखि पार्टी नेतृत्वप्रति असन्तुष्ट रहनुभएका उहाँले नेकपा एमालेसित जसपाले गरेको गठबन्धनप्रति असहमति जनाउँदै पार्टीको जिल्ला अध्यक्षबाट राजीनामा दिएकाे बताउनुभएकाे छ ।

मङ्गलवार एक विज्ञप्ति निकालेर पटेलले जसपाले नागरिकताजस्ताे गम्भीर मुद्दामा गैरजिम्मेवार भइ आँखा चिम्लेर रातारात एमालेकाे शरणमा जानु आत्मघाती र मधेसी नागरिकप्रति गद्दारी भएको आरोप लगाउनुभएकाे छ । जसपा अध्यक्षको त्याे निर्णयप्रति विमति जनाउँदै राजीनामा दिएको पटेलले बताउनुभएकाे छ । 

प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै जाँदा जसपा जिल्ला अध्यक्ष पटेलले राजीनामा दिएपछि यसको असर चुनावमा पनि पर्ने अनुमान गरिएको छ । तत्काल कुनै पार्टीमा नलागी मधेसको पक्षमा स्वतन्त्ररूपले लागिरहने प्रतिबद्धता पटेलले सामाजिक सञ्जालमा व्यक्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया