एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - चुनावमा नागरिकको मत आफ्नो पक्षमा तान्न प्रायः सबै राजनीतिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ति सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ ।
आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् ।
त्यही क्रममा नेपालका लागि नेपाली पार्टी भ्रष्टाचारको अन्त्य, पृथ्वीपथ र नेपालवादको मुद्दालाई प्रखररुपमा उठाउँदै मत माग्न नागरिकको घरदैलोमा पुगेको छ । चुनाव चिह्न शङ्ख रहेको यस पार्टीले पहिलो हुने निर्वाचित हुने चुनाव प्रणालीतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा तथा समानुपातिकतर्फ एक सय १० उम्मेदवार उठाएको अध्यक्ष बालकृष्ण न्यौपानेले बताउनुभयो ।
पञ्चायत समयदेखि अहिलेसम्म सार्वजनिक उच्च ओहाेदामा रहेका व्यक्तिको सम्पति छानबिन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजसंस्था, सांसद मन्त्रिमण्डलमा सामेल हुन नपाउने प्रावधानसहित भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली नागरिक आयोग गठनका मुद्दा उठाउँदै आएको छ । केही राजनीतिक दलले भने देशको सङ्कटापन्न स्थिति, बाह्य हस्तक्षेप, सामाजिक न्याय तथा आत्मनिरर्भता, महिला एवम् बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यासमेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
‘ढकिया’ चुनाव चिह्न तथा अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्व गर्नुभएको नागरिक उन्मुक्ति पार्टीले यस चुनावमा देशको विकास, पहिचान, सुशासन समृद्धिका साथै समावेशी पहिचानको मुद्दालाई प्रखररुपमा उठाएको छ ।
प्रतिनि सभामा ८५ र प्रदेश सभा सदस्यमा एक सय ३७ उम्मेदवार खडा गरेको यस पार्टीले प्रत्यक्ष चुनावद्वारा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भन्दैआएको छ । किराँत खुम्बुवान साझा पार्टीले यस चुनावमा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक र प्रदेश सभा सदस्यमा दुई ठाउँमा तथा समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ ।
‘ढाका टोपी’ चुनाव चिह्न रहेको यस पार्टीले प्रदेश नं १ लाई किराँत प्रदेश नामाकरण, धरानमा खानेपानीको सहज आपूर्ति, भ्रष्टाचार न्यूनीकरण तथा शिक्षा र स्वास्थ्यका जल्दाबल्दा मुद्दालाई पनि त्यतिकै प्राथमिकता दिने जनाएको छ । पार्टीले देशमा राजनीतिक स्थिरताका लागि नागरिकबाट निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक चुनाव प्रणाली अपनाउन उपयुक्त हुने मत राख्दैआएको छ । तामाङ शालिङ लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभामा एक र प्रदेशमा २० उम्मेदवार खडा गरेको छ ।
‘वज्र’ चुनाव चिह्न रहेको यस पार्टीका अध्यक्ष सीमाङ तामाङले खर्चिलो र भड्किलो चुनाव प्रणाली रोक्न तथा जातीय जनसङ्ख्याका आधारमा उम्मेदवार छनोट हुने पूर्ण समानुपातिक चुनावका पक्षमा वकालत गर्दैआएको छ । ‘घोडा’ चुनाव चिह्न तथा अध्यक्ष घनेन्द्र बस्नेत रहेको मितेरी पार्टी नेपालले यस चुनावमा भौगोलिकरुपमा देशलाई पाँच विकास क्षेत्र कायम गरी अलङ्कारी राजसंस्था रहनुपर्छ भनी त्यसको पक्षमा मत मागेको छ ।
कर्मा लामा अध्यक्ष रहनुभएको नेपाल विवेकशील पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ दुई उम्मेदवार मात्र उठाएको छ । ‘कुकुरको मुखाकृति’ चुनाव चिह्न रहेको यस पार्टीले वर्तमानमा अभ्यास गरिरहेको शासकीयस्वरुप र चुनाव प्रणालीमा व्यापक सुधार गरी अघि बढ्न सकिने प्रतिक्रिया दिएको छ ।
‘कुखुराको भाले’ चुनाव चिह्न बुद्धलाल मेचे अध्यक्ष रहेको मङ्गोल नेशनल अर्जनाइजेशनले देशका सङ्घ र प्रदेश गरी यस चुनावमा ५० जिल्लामा दुई सय ३८ उम्मेदवार उठाएको छ। लोकतन्त्र, धर्मनिरपेक्ष, सङ्घीयता र मङ्गोलीयन मूलवासीको अधिकार तथा अस्तित्वका मुद्दालाई यस पार्टीले प्रमुख मुद्दा बनाएको छ ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले देशका छ प्रदेशका ८६ चुनाव क्षेत्रमा यस पटक पार्टीका उम्मेदवार रहेको बताउनुभयो । पहिचानसहितको सङ्घीयता, अहिले कायम रहेको न्यूनतम मत सीमा ‘थ्रेस होल्ड’ हटाउने तथा प्रदेशलाई अधिकार सम्पन्न गराउने विषय उठाउँदै आएको मञ्चको चुनाव चिह्न ‘दापसहितको खुकुरी’ रहेको छ ।
बहुजन एकता पार्टी नेपालले समानता, स्वतन्त्रता, आत्मसम्मान र समृद्धिका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छ । चुनाव चिह्न ‘सात खुड्किलाको भर्याङ’ रहेको यस पार्टीले प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ ४९ ठाउँमा उम्मेदवार खडा गरेको छ ।
राष्ट्रपति होस् वा प्रधानमन्त्री दुवै कार्यकारी प्रत्यक्ष चुनावबाट चुनिनुपर्छ भन्ने मान्यता बोकेको यस पार्टीले जातीय आरक्षणसहित पूर्ण समानुपातिक चुनाव प्रणालीमा जोड दिएको छ । मतदाताले पनि राजनीतिक दल र उम्मेदवारसँग शान्ति सुव्यवस्था, सुशासन, मलखाद, सिँचाइ र सडकजस्ता पुरानै माग दोहोर्याइरहेको पाइएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।