जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ : एमाले अध्यक्ष ओली

 कात्तिक २४, २०७९ बिहिबार १७:४७:३७ | रासस
unn.prixa.net

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभइ ज्ञान र सीपबाट मात्र हुने बताउनुभएको छ । 

एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज बिहीवार दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताउनुभयो । उहाँले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ।’ लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उहाँले जोड दिनुभयो । 

नेपालमा संविधान र कानुनमा विभेद हटेको वर्षाैँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उहाँको भनाइ छ । उहाँले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्य तहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • चेम्जोङ्ग

    Nov. 11, 2022, 11:17 p.m.

    यो मान्छेलाई बोल्नदिने बुद्धिमानहरुले माइक लगाइदिएर वाक्क लगाइसक्यो । कति बोल्न दिन्छौ हौ? बरु यो भन्दा अरु कुरो लेख न! सीप नभएको दलित देख्या छौ? नौमती बाजा बाहुनले बजाउछ? जुत्ता र खुकुरी ज्योतिषीले बनाउछ हैन त ?! कोट त झन उपाध्यायहरुले बनाएर राजालाई लगाइदिएर जातीयरुपमा अरुभन्दा ठूला भएका हैन्त ओली साहब?! कुरो गर्नुको पनि हद हुन्छ नी 😡

  •  0 Reply

तपाईको प्रतिक्रिया