सिंहदरबार वरपरका तार व्यवस्थापन गरिँदै

 कात्तिक २६, २०७९ शनिबार ८:१५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - इन्टरनेट सेवा प्रदायक संघले आज बिहान मुख्य प्रशासनिक केन्द्र सिंहदरबार वरपर तार व्यवस्थापन गर्दैछ ।

विद्युत् प्राधिकरण, काठमाण्डौ महानगर, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, दूरसञ्चार प्राधिकरणलगायतको सहभागितामा इन्टरनेट सेवा प्रदायक कम्पनीले तार व्यवस्थापन गर्न लागेका हुन् ।

पुतलीसडक, माइतीघर, हनुमानथान, भाटभटेनी, अनामनगरलगायतका ठाउँमा तार व्यवस्थापन हुँदैछ । सहरी सौन्दर्यता र जोखिम न्यूनीकरणका लागि देशका विभिन्न ठाउँमा तार व्यवस्थापन गर्दै आएको सङ्घले जनाएको छ ।

साउन अन्तिम हप्तादेखि असोज २७ गतेसम्म काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेल तथा टोखा नगरपालिका र न्युरोडमा तार व्यवस्थापन भइसकेको पनि सङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया